नियम १०७
अन्य कुनै पनि मुलुकको स्थायी आवासीय अनुमति लिन नहुने
: ²(१) सशस्त्र प्रहरी कर्मचारीले स्थायी आवासीय अनुमति लिन वा त्यस्तो अनुमित प्राप्त गर्नको लागि आवेदन दिन हुँदैन ।
(२) यो नियमावली प्रारम्भ हुनु भन्दा अघि अन्य कुनै मुलुकको स्थायी आवासीय अनुमति लिएको सशस्त्र प्रहरी कर्मचारीले यो नियमावली प्रारम्भ भएको मितिले तीस दिनभित्र त्यस्तो अनुमति लिएको व्यहोरा प्रधान कार्यालयलाई जानकारी गराउनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम स्थायी आवासीय अनुमति लिएको सशस्त्र प्रहरी कर्मचारीले यो नियमावली प्रारम्भ भएको मितिले साठी दिनभित्र त्यस्तो अनुमति परित्याग गरी प्रधान कार्यालयलाई सोको जानकारी दिनु पर्नेछ ।
(४) उपनियम (२) बमोजिम जानकारी नदिने वा उपनियम (३) बमोजिम स्थायी अनुमति परित्याग नगर्ने कर्मचारीलाई नियम ११० को खण्ड (ख) को उपखण्ड (२) बमोजिम सजाय हुनेछ ।